९ चैत्र २०७९, बिहीवार

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र ओलीद्वारा टीका ग्रहण

२०७४,आश्विन,१४,शनिवार १५:१२

0
Shares

काठमाडौँ, १४ असोज ।पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विजया दशमीको टीका ग्रहण गरेका छन ।त्यसपछि नेता ओलीले बेलुका ५ बजे मात्र आफ्ना पिताको हातबाट टीका ग्रहण गरे । उहाँले आफ्नी श्रीमती राधिका शाक्यलाई टीका लगाएसँगै आफन्तजन, पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिएको स्वकिय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।त्यसैगरी, विजयादशमीको अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी सीता दाहालका मामासँग टीका ग्रहण गरेका स्वकीय सचिव प्रकाश दाहालले राससलाई जानकारी दिए । त्यसपछि मात्रै पूर्वप्रधानमन्त्री दाहालले धर्मपत्नी सीता र छोरा बुहारीलाई टीका लगाइदिए । 

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार १५:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००