उपाध्यक्ष लगायत दुई कार्य समिति सदस्य चयन गर्दै बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले पुस महिनाको मध्यमा वार्षिक साधारणसभा सम्पन्न गर्ने निश्चित भएको छ।

मंगलवार बैंकर्स संघको कार्य समितिले वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गर्दै पुस मध्यमा वार्षिक साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो।

नेपाल बैंकर्स संघमा हाल उपाध्यक्षसहित अन्य दुई कार्य समिति सदस्य चयन गर्नु पर्ने आवश्यक्ता रहेको छ।

नेपाल एसबीआइ बैंकका अनुकुल भटनागर, माछापुच्छ्रे बैंकबाट राजीनामा गरेर बाहिरिएका सुमन शर्मा लगायत सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको पदमा नया कार्य समिति सदस्य चयन गर्नु पर्ने आवस्यकता रहेको छ। संघले केही दिनमै उमेद्वारी दाबी गर्न आह्वान गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?