सर्वदलीय बैठक जारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सङ्घीय संसद् मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता छ ।

प्राप्त जानकारी अनुसार बैठकमा उपस्थित भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा केहिबेर बैठकमा बसेर लिखित धारणा राख्दै बैठकबाट बाहिरीएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथको उचाई सार्वजनिक गर्नुपूर्व आज बोलाइएको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले ‘कोभिड – १९’ को नियन्त्रणमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका थिए ।

बालुवाटारमा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?