अपहरणपछि गोली हानी शिक्षकको हत्या प्रकरण : ‘विप्लव समूहले ‘टार्गेट’ गरेको हल्ला थियो’

काठमाडौं । मोरङमा एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समुहका ४/ ५ जना कार्यकर्ताले बिहानै घरबाट ‘केहि काम छ’ भन्दै उठाएर लगेका थिए ।

प्रहरीका अनुसार ‘अज्ञात समूह’ ले अपहरण गरेको भन्दै प्रहरीसम्म खबर बिहान ७ बजे आएको थियो ।

उनको पारिवारीक स्रोतले प्रहरीलाई नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलतिर लगेको खबर गरेसँगै प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरी टोली परिचालन गरिएकोले अन्य जानकारी टोली घटनास्थल पुगेपछि मात्रै थाहा हुने जानकारी दिए ।

घटनास्थल निकै टाढा भएका कारण प्रहरी घटना स्थलमा पुग्न समय लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङबाट घटनास्थल करिव ८५ किमि को दुरीमा रहेको र मोटरबाटो छोडेर पनि घटनास्थल पुग्न ३ घण्टा लाग्ने भएकाले ढिलो भएको प्रहरीको भनाई छ ।

५४ वर्षीय श्रेष्ठ सेवाबाट रिटायर्ड हुन लागेका र विप्लव समूहले पहिलेदेखि नै निशाना बनाइरहेको बुझिएको छ । पारिवारीक स्रोतका अनुसार उनीमाथि विप्लव समूहले आफ्ना सूचना बाहिर लगेको आरोप लगाएका थिए । श्रेष्ठको एक श्रीमती र एक छोरा छन् ।

प्रहरीको प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएको छ । हामीले विभिन्न कोणबाट अनुसन्धान शुरु गरेका छौँ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले थपे, ”अरु जानकारी पछि गराउँछौँ । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?