‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । संघीय संसद सचिवालयले संघीय संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

संघीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाउन लागेको हो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ ।

२०५८ देखि २०६३ को बिचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन । सोही दिवस मनाउने क्रममा संघीय संसद सचिवालयले रक्तदान, वक्तित्वकला लगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।

मंगलवार आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सभामुख अग्निप्रसाद सापकोटाले कोभिडको परिस्थितिमा रक्तदानको विशेष महत्व भएको बताए । अस्पतालहरुमा रगतको अभाव भएको समाचार आइरहेको अवस्थामा संघीय संसद सचिवायलले गरेको रक्तदानले सहजता पु¥याउने विश्वास व्यक्त गरे ।

संसद दिवसको दिन (मंसिर २८ गते) विशेष कार्यक्रम आयोजना हुने संघीय संसद सचिवायले बताएको छ ।

संघीय संसद अन्तर्गतका दुवै सदनमा १६ वटा विषयगत समिति रहेका छन् । संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?