काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोभिड-१९’ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथको उचाई सार्वजनिक गर्नुपूर्व आज बोलाइएको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले ‘कोभिड -१९’ को नियन्त्रणमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन् ।

बालुवाटारमा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको थियो ।
यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो ।

त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।
सरकारले आज पौने २ बजे सगरमाथाको उचाई सार्वजनिक गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया