सर्वदलीय बैठकबाट बाहिरिए कांग्रेस सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति बाहिरिएका छन् ।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकमा उपस्थित भएका सभापति देउवा केहिबेर बसेर लिखित धारणा राख्दै बैठकबाट बाहिरीएको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?