फिफा विश्वकपको युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक, कुन समूहमा कुन टिम ?

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ ।

सोमवार राति यूईएफएले समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोटका खेल सन् २०२१ को मार्चबाट शुरु हुनेछ ।

समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् ।

समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।

कुन समूहमा कुन कुन टिम ?

समूह ए – पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान

समूह बी- स्पेन, स्विडेन, ग्रिस, जर्जिया, कोसोभो

समूह सी – इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया

समूह डी- फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान

समूह इ- बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया

समूह एफ-  डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा

समूह जी – नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटार

समूह एच-  क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टा

समूह आई- इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो

समूह जे- जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?