आजको मौसम : कहाँ – कहाँ हुँदैछ वर्षा ?

काठमाडौं – आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको मौसम केहि धुम्मिएको छ ।

हाल प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, आज (मंगलबार)  दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी    भू – भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?