आज सर्वदलीय बैठक बस्दै, सगरमाथाको नयाँ उचाइ आजै सार्वजनिक गरिने

काठमाडौँ – आज सर्वदलीय बैठक बस्दैछ ।

प्रधानमन्त्री ओलीले आज (मंगलवार) बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

आज (मंगलबार) नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न सर्वदलिय बैठक बोलाइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।

यससँगै सर्वदलिय बैठकमा समसामयीक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।

गत बैशाख यता प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिएनन् । गत बैशाख ३१ गते भारतले नेपालको भूमी मिचेर सडक बनाएपछि छलफलका लागी संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल एवम् परामर्श गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?