सोमबार बैबाहिक बन्धनमा बाँधिएकी नायिका श्वेता खड्का ‘बिबाहलाई जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको’ रुपमा ब्याख्या गर्दै यो यात्रामा सबैको आशीर्वादको खाँचो रहको बताएकी छिन् ।
‘अन्तत्वगोत्वा मैले सिउँदोमा सिन्दुर भरें’ सामाजिक सञ्जालमा श्वेताले लेखेकी छिन्, ‘हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफूलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पूर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगायत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुभेक्षा र आशीर्वादको खाँचो छ ।’
आफूले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेपाली सिने जगतलाई शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु रहेको पनि उल्लेख गरेकी छिन् ।
यस्तै निर्माणाधीन माझिटोललाई आज सजिएको बिहेको मण्डप जस्तै र थालेका व्यवसायहरुलाई हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु र अझ धेरै गर्न बाँकी रहेको उनले बताएकी छन् ।
‘थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागिपर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु’, उनले आगामी योजना सुनाउँदै भनेकी छिन्, ‘आगामी दिनमा एकल महिलाको सशक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउन म लागिर्नेछु । अतः मलाई तपाईहरु सम्पूर्णको साथ , सल्लाह, सुझावका साथै शुभ आशीर्वादको आवश्यकता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।’
सोमबार धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिबाह गरेकी हुन् । श्वेताका यसअघिका श्रीमान श्रीकृष्ण श्रेष्ठको बिहेको छोटो समयमै निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया