काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८ जना कोरोना मुक्त भएका छन् भने संक्रमण मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ६ सय १४ पुगेको छ । यसअघि आइतवार कोरोनाको कारण १७ जनाको मृत्यु भएको थियो ।
पछिल्लो समय नेपालमा क्यारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । भने हाल १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया