जगदम्बा मोटर्सले उच्चस्तरीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउँदै

काठमाडौं । मलेशियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोन निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ ।

हाल यस कम्पनीका गाडीहरु संसारका बढी भन्दा मुलुकहरुमा उपलब्ध भैसकेका छन् र अन्य मुलुकहरुमा पनि विस्तारै उपलब्ध हुने क्रममा रहेका छन्। सोहिलाई निरन्तरता दिदैँ चाडैं नै प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्याधिक बिक्रि भएको मोडल Proton Saga नेपालका सडकहरुमा ल्याउन लागिरहेको छ । उक्त गाडि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले नेपाल भित्र्याउन लागेको हो ।

यसले आफ्नो पहिलो कार इ.सं १९८५मा Proton Saga कै रुपमा बजारमा ल्याएको थियो । त्यसपछि कम्पनीले समयसँगै अन्य विभिन्न मोडलहरु : १९९२मा Proton Saga Iswara, १९९३मा Proton Wira , १९९४ मा Proton Satria, १९९६मा Proton Putra Coupe बजारमा ल्यायो, जसका पछिल्ला २ संस्करणहरु मध्य पूर्व एसिया र युरोप तिर अत्याधिक मात्रामा विक्री हुन सफल भएका थिए । यसैगरी प्रोटोनले १९९५मा Proton Perdana र १९९६ मा Proton Tiara   तथा नब्बेकै दशकमा अन्य २ प्रकारका गाडीहरु पनि बजारमा ल्याएको थियो। त्यसपश्चात २०औं शताब्दी लागि कन प्रोटोनले सन् २०००मा Proton Waja, २००१मा Proton Juara, २००२मा Proton Arena, २००४ मा Proton Gen 2, २००५मा Proton Savvy, २००६मा Proton Satria Neo, २०१०मा Proton Inspira, २०१२मा Proton Preve, २०१३मा Proton Suprima S र २०१६मा Proton Inspira मोडलका गाडीहरु बजारमा ल्याएको थियो ।

सन् २०१८ प्रोटोनको लागि विशेष रहन गयो, किनकि प्रोटोनले यहि साल Proton X70 नामक आफ्नो प्रथम SUV बजारमा ल्याएको थियो, जुन मलेशियामा मात्र नभएर विश्व अटो बजारमा नै निकै रुचाइएको थियो । यसैगरी २०२०मा प्रोटोनले Proton X50 मोडल को अर्को SUV हालसालै मात्र बजारमा ल्याएको छ, जसलाइ २०२०का उत्कृष्ट मध्येको एक मानिएको छ।

यि दुइ गाडी बाहेक प्रोटोनका Saga, Persona, Perdona, Exora र Iriz गरेर अन्य ५ प्रकार अहिले पनि विश्व बजारमा अत्याधिक रुचाइएका छन् र आफ्नो आधिपथ्य जमाएर बसिरहेका छन् ।

प्रोटोनको बजारको कुरा गर्नु पर्दा यसको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा ज्यादा मुलुकमा यसको पदार्पण भैरहेको र अझ बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ । १२८० एकरमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालयको समेत रहेको छ ।

प्रोटोन प्रविधिको क्षेत्रमा पनि एकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा पछिल्लो अन्तराष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिन्छ। गिली होल्डिंग र भोल्भो सँगको सहकार्य पश्चात अझ नविनतम अन्तराष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूल मान्यताहरुलाई अघि बढाएको छ । अरु ठुला ठुला कम्पनीसँग प्रतिस्पर्धामा रहिरहन पनि प्रोटोनले प्रविधिको खोज तथा अनुसन्धानमा अरबौं रूपैया खर्चेको छ। अत्याधुनिक सुविधाहरू र नवीन उत्पादनहरू बजारमा ल्याउन प्रोटोनले डिजाइन र ईन्जिनियरिङ्मा नयाँ प्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ, जसमार्फत उसले आफ्ना विश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशील यात्रा तर्फ अग्रसर गराइरहेको छ। ३५ बर्षबाट उच्चस्तरिय र शान्दार गाडीहरु उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ ओटा मोडल उत्पादन गरिसकेको छ भने यसका संसारभर ४.४ मिलियन भन्दा बढि ग्राहक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?