काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले भोली (मंगलवार) का बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार समसामयीक विषयहरुमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाइएको हो ।
गत बैशाख यता प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिएनन् । गत बैशाख ३१ गते भारतले नेपालको भूमी मिचेर सडक बनाएपछि छलफलका लागी संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल एवम् परामर्श गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया