सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट Century pay Mobile apps  बाट QR Scan गरी नगद झिक्न/निकाल्न सकिने छ ।

ग्राहकवर्गहरुको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागु हुनेछ ।

निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागु गरिने छ । यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैंयासम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने व्यहोरा यसै विज्ञप्ती द्वारा जानकारी गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?