आज विवाह गर्दै श्वेता, विवाहको अघिल्लो दिन पोष्ट गरेकी थिईन् भावुक स्टाटस

काठमाडौं । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छिन् ।

धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज (सोमबार) लगनगाँठो कस्न लागेकी हुन् ।

काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । कोरोना भाइरस ‘कोभिड – १९’ को कहरका कारण कडा सुरक्षाका बीच विवाह समारोह आयोजना गरिएको छ ।

विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।

विवाहको अघिल्लो दिन अर्थात् आइतबार श्वेताका मेहेन्दीका तस्वीरहरु सामाजिक सञ्जालमा आएका छन् ।

उनले हिजो नै सामाजिक संजालमा एक लामो भावुक स्टाटस समेत पोष्ट गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?