धितोपत्र बोर्डद्धारा नेपाल इन्भेष्टमेन्ट बैंकको बोन्ड स्वीकृत, १६ लाख कित्ता सर्वसाधारणलाई

काठमाडौं । ७ वर्षमा परिपक्वहुने गरि नेपाल इन्भेष्टमेन्ट बैंकको ८.५ प्रतिशतको ऋणपत्र नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।

बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमती पाएको छ । जसमध्ये १६ लाख कित्ता आम सर्वसाधारणका लागि छुटइएको छ भने बाँकि २४ लाख कित्ता निजी संघ संस्थाहरुका लागि छ्टइएको छ ।

उक्त ऋणपत्रको प्रति इकाई मूल्य १ हजार रुपैयाँ हुने छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धन मिलाउन आरबीबी मर्चेन्ट बैंकिङलाई छनोट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?