३१३ जना कोरोना संक्रमित आइसियुमा

आजसम्म देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५८२ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ४९५ नमूना परीक्षण गर्दा थप एक हजार ९६ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको जानकारी दिए । काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा ६९, ललितपुरमा ७४ र काठमाडौँमा ३५१ गरी जम्मा ४८४ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा एक हजार ७५२ जना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २५ हजार ८०५ पुगेको छ । यसमध्ये प्रदेश १ बाट २६ हजार ४७७, प्रदेश नं २ बाट १९ हजार ८९२, वाग्मती प्रदेशबाट एक लाख २३ हजार ४७४, गण्डकी प्रदेश १३ हजार ६१७, लुम्बिनी प्रदेश नं चार हजार ७७९, कर्णाली प्रदेश छ हजार आठ र सुदूरपश्चिम प्रदेशबाट ११ हजार ५४८ जना छन् ।

हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ९३.७ प्रतिशत छ । हाल ३१३ जना कोभिडको बिरामी आइसियुमा उपचाररत छन् । पचपन्न जना सङ्क्रमित भेन्टिलेटरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?