गणतन्त्रको रक्षाका लागि संघर्षको कार्यक्रम घोषणा

appharu
143
Shares

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका साथै संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
जसअनुसार सोमबार १ बजे ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ !’ भन्ने विषयमा हुने अनलाइन कार्यक्रम गर्ने भएको छ ।

यस्तै मंसिर २५ गते देशव्यापी रुपमा खुलासभा तथा कोणसभाको कार्यक्रमहरु हुने छन् । यस्ता कार्यक्रमहरु प्रवासमा समेत हुने जनमोर्चाले जनाएको छ ।

यस्तै मंसिर २६ गतेदेखि पौष १० गतेसम्म जिल्ला, पालिका र वडास्तरमा सभा, कोणसभा, अन्तरक्रिया, पर्चा वितरण, विरोध प्रदर्शन, जुलुस गरिने सो पार्टीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?