काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अग्रणी समाजसेवी शंखधर साख्वाले तत्कालीन समयमा गरेको कामबाट अहिले पनि उत्तिकै प्रेरणा मिल्ने बताएका छन् ।
आज सिंहदरबारस्थित कार्यकक्षमा ‘नेपाल संवत् विशेषाङ्क’को अनावरण पछि सापकोटाले देशभक्ति र समाजसेवामा साख्वाबाट धेरै सिक्न सकिने चर्चा गरे । प्रष्फुटन नेपाल मिडिया एण्ड पब्लिकेशन प्रा।लि ले नेपाल सम्वत ११४१ को अवसरमा ‘नेपाल संवत् विशेषाङ्क’ प्रकाशन गरेको हो ।
‘नेपाल संवत् विशेषाङ्क’मा राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन समयमा गर्नुभएको योगदान र सञ्चालनमा आएको नेपाल संवतका विषयका सामाग्रीहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया