काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले पार्टीभित्रको विवाद केन्द्रिय कमिटिसम्म ल्याउन नहुने भन्दै जुनकुनै हालतमा यो विवाद मिलाएर लैजानुपर्ने बताएका छन् ।
आज (आइतबार) कास्कीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको छिनोफानो गर्न नसकेर सचिवालयले असक्षमता प्रदर्शन गरेको टिप्पणी गर्दै नेता अधिकारीले अब पनि सचिवालयले नै सबै कुरा मिलाउने धारणा राखेका हुन् ।
उनले गुटगत भेलाहरू रोक्नुपर्ने मत समेत राखेका थिए । नेकपा नफुट्ने दाबी गर्दै उनले थपे, “टाउको फोराफोर गरेरै भए पनि एकता जोगाउनुपर्ने बाध्यता छ ।”filephoto
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया