चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाडौं । लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले लिड्स युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अग्रता लिएको थियो । रिस जेम्सले २७ औं मिनेटमा घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

डिफेन्डर जुमाले ६१ औं मिनेटमा चेल्सीलाई २-१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।

चेल्सीले शीर्ष स्थानमा रहदै एक अंकको अग्रता लिएको छ ।

शीर्ष स्थानको चेल्सीले २२ अंक जोडेको छ । दोस्रो स्थानको टोटेनहम र तेस्रो स्थानको लिभरपुलको समान २१ अंक छ । लिड्स १४ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?