एम्बाप्पेले गरे पीएसजीबाट सय गोल !

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फर्वाड केलियन एम्बाप्पेले एक सय गोल पुरा गरेका छन् । शनिवार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ३–१ ले पराजित गरेको खेलमा एम्बाप्पले सय गोल पुरा गरेका हुन् ।

एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै कोलिन डाग्बाले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका स्टेफी माविदिदी ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

मोइस केनले कठिन कोणबाट गोल गर्दै पीएसजीलाई पुन २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा एम्बाप्पेले पीएसजीबाट सय गोलको कोशेढुङ्गा पार गरे ।

उनले १ सय ३७ खेलमा सय गोल पुरा गरेका हुन् ।

उनी पीएसजीबाट सय गोल पुरा गर्ने पाँचौ खेलाडी बनेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?