काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । शनिवार राति भएको खेलमा युभेन्टसले टोरिनोविरुद्ध २-१ गोलको जित हात पारेको हो ।
खेलको नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्टसलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्टसलाई २-१ को जित दिलाए ।यस्तै खेलको इन्जुरी समयमा कार्लोले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा समेटिएको थियो ।
घरेलु मैदानको जितसँगै युभेन्टस दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले १० खेलमा २० अंक जोडेको छ ।
टोरिनो ६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया