काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिवार काडिजको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराएको हो । काडिजका अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे ।
काडिजले ला लिगामा बार्सिलोनासंग ४ अंकको अग्रता लिएको छ । बार्सिलोना १४ अंक सहित सातौं स्थानमा छ । काडिज १८ अंक सहित पाँचौ स्थानमा छ ।

अल्भारो जिमेनेजले काडिजलाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका पेड्रो अल्कालाले आत्मघाति गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो ।
बार्सिलोनाको कमजोर डिफेन्सको फाईदा उठाउँदै नेगरेडोले घरेलु टोलीलाई जित दिलाए ।
बार्सिलोनाले पछिल्ला ७ मध्य ६ खेलमा जित निकालेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया