जितसँगै रियल मड्रिड लिगको तेस्रो स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पारेको छ । शनिवार राति भएको खेलमा रियलले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

सेभियाको मैदानमा भएको खेलमा आत्मघाती गोलबाट रियलले अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरे । रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो ।

Image

जितसँगै रियलले ११ खेलमा २० अंक जोडेको छ । रियल लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

Image

पराजित सेभिया १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?