‘राजावादी’ को प्रदर्शनमा मूकदर्शक बन्यो प्रशासन

appharu
13
Shares

‘राजसंस्था’ र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित ‘राजावादी’ हरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक आन्दोलन–२०७७ को ब्यानरमा शनिबार संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना, नागरिक सरकार र नागरिक आयोग गठनको मागसहित माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

गृह मन्त्रालयले भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन देशभरका प्रशासनलाई परिपत्र गरे पनि प्रदर्शनकारीलाई कसैले रोकेन । पछिल्लो समय पूर्वराजाको पक्षमा देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । शनिबार काठमाडौंसहित झापा र चितवनमा पनि प्रदर्शन गरिएको थियो । काठमाडौंमा भएको प्रदर्शनमा सहभागीले राष्ट्रिय झन्डा, पूर्वराजा ज्ञानेन्द्र र पृथ्वीनारायण शाहको तस्बिरसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?