३ म्यानपावर कम्पनी ६ महिना निलम्बित

काठमाडौं । कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन ठूला म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले ६ महिना निलम्बन गरेको छ ।

एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावर निलम्बनमा परेका हुन् ।

अब यी कम्पनीले निलम्बन फुकुवा नभएसम्म वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा श्रमिक पठाउन नपाउने विभागले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?