काठमाडौं । नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सबै नेताहरुको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न भएको हो ।
बैठक सकिएसँगै पूर्वनिर्धारित स्थायी कमिटी बैठक भोलि नेकपा पार्टी कार्यालयमा हुने भएको छ । भोलि हुने स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवादले निम्त्याएको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने बताइएको छ। बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले बुझाएका प्रतिवेदनहरुका बारेमा छलफल हुने बताइएको छ ।
कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेश गरेका थिए जसको १० दिनपश्चात् बसेको बैठकमा ओलीले आफ्नो जवाफ पेश गर्दै प्रचण्डले लगाएका आरोपहरु अस्वीकार गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि तीन दिनसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया