हङकङ । चीनले छिमेकी मुलुकहरुको भूमि अतिक्रमण गर्ने गरेको थप प्रमाण फेला परेका छन् । भारतसँग सीमा विवादका कारण समस्या सिर्जना गरेको चीनले भुटानको भूमिमा पनि संरचनाहरु बनाइरहेको पाइएको छ ।
नयाँ स्याटेलाइट तस्वीरहरुमा देखिए अनुसार चीनले हिमालयन मुलुक भूटान र भारतको उत्तरपूर्वी क्षेत्रको विवादित सीमामा संरचना निर्माण गरिरहेको देखिएको छ । सन् २०१७ मा चीन र भारतबीच भएको एक महिना लामो युद्धको भएको क्षेत्र डोक्लाममा चीनले संरचनाहरु बनाइरहेको पाइएको हो ।
अमेरिकास्थित उपग्रह अपरेटर म्याक्सार टेक्नोलोजीका अनुसार अक्टोबर २८, २०२० को तस्वीरहरूले देखाउँछ, यस वर्ष तोरसा नदी उपत्यका क्षेत्रमा स्पष्ट रूपमा उल्लेखनीय निर्माण गतिविधि भइरहेका छन् । एक विज्ञप्तिमा म्याक्सारले डोक्कलाम क्षेत्र नजिकै नयाँ सैन्य भण्डारण बन्कर पनि निर्माण गरिएको जनाइएको छ ।

म्याक्सारले स्याटेलाइट तस्वीरहरुले भुटानको भूमिमा पाङ्डा गाउँ निर्माण गरेको छ । सन् २०१७ मा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको बिन्दुमा चिनियाँ पक्षकले आपूर्ति डिपो बनाएको देखाइएको छ ।
एक विज्ञप्तिमा भारतका लागि भुटानी राजदूत मेजर जनरल वेत्सोप नामग्यायलले भने, भुटान भित्र कुनै चिनियाँ गाउँ छैन ।
चिनियाँ मन्त्रालयले भनेको छ, चीनको आफ्नै क्षेत्रमा निर्माण गतिविधि पूर्णरूपमा चीनको सार्वभौमिकताको दायराभित्र गरिरहेको छ र कुनै गलत कामहरु गरेको छैन । भारतको विदेश मन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
-एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया