थला परेको सुनचाँदी बजार चलमलाउन थाल्यो

मूल्यमा भइरहेको उतारचढावका कारण सुस्ताएको नेपाली सुन बजारलाई विवाहको लगनले राहत मिलेको छ । गत महिना शून्यसरह कारोबार मंसिरसँगै बढ्न थालेको छ ।

अहिले दैनिक १५ देखि २० किलोको हाराहारीमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । गत वर्षको मंसिरको तुलनामा भने कारोबार ५० प्रतिशत नै कमी रहेको उनको भनाइ छ ।

मंसिरमा बिहेको लगन हुने भएकाले चहलपहल र माग दुवै बढेको कान्तिपुरमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?