अमलेखगन्ज पाइपलाइनबाट पेट्रोल पनि आउने

आयल निगमले अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइनबाट पेट्रोल पनि आयात गर्ने तयारी थालेको छ । झन्डै १५ महिनादेखि पटनाबाट डिजेल आयात गरिरहेको निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले मोतीहारीमा भर्टिकल ट्यांक बनाएलगत्तै पाइपलाइनबाटै पेट्रोल आयात गर्ने योजना बनाएको हो ।

निगमका अनुसार मोतीहारीमा करिब आठ महिनामै ट्यांक निर्माण सम्पन्न हुँदै छ । यस अवधिमा नेपालका तर्फबाट पनि सम्पूर्ण तयारी गरिनेछ ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?