स्वास्थ्यमा समस्या आएपछि प्रदेश प्रमुख अधिकारीलाई काठमाडौँ लगियो

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?