काठमाडौं । डोल्पामा ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ठुलीभेरी नगरपालिका-३ दुनै बस्ने रुकुम पश्चिम आठविसकोट नगरपालिका-११ घर भएका ३६ वर्षीय कविराम नेपालीको हत्या गरेको अभियोगमा रुकुम पश्चिम आठविसकोट नगरपालिका-३ बस्ने ३३ वर्षीय प्रकाश बोहरालाई बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।
बोहराले गत भदौ ३० गते साँझ ढुङ्गा प्रहार गर्दा घाइते भएकोमा कविरामको बिहीवार राति उपचारको क्रममा मृत्यु भएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । बोहरा यसअघि सोही घटनामा सार्वजनिक अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डोल्पाबाट ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया