काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको कारण ज्यान गएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १७ लाख ७१ हजार ९ सय ५० पीसीआर परीक्षण भएको छ । भने १५ हजार ४ सय ४७ संक्रमित आइसोलेसनमा रहेको र ५३७ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया