रेड पाण्डाको छालासहित ३ जना पक्राउ

काठमाडौं । संरक्षित तथा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ३ जना पक्राउ परेका छन् ।

अवैध रुपमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले काठमाडौं गोकर्णेश्वर नारायणटारस्थित जुम क्याफे एण्ड ब्यांकेटबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्ग घर भएका ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीया केशर बहादुर मगर रहेका छन् ।

उनीहरुलाई महाशाखाको टोलीले बिहीवार बिहान साँढे ११ बजे पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?