७ चैत्र २०७९, मंगलवार

ज्येष्ठ नागरिकबाट टीका ग्रहण

२०७४,आश्विन,१४,शनिवार १२:३३

0
Shares

 इटहरी, १४ असोज- बडादशैँको अवसरमा दुहवी नगरपालिका–९ का १०६ वर्षीय फागुलाला चौधरीले थारु समुदायको जातीय परम्पराअनुसार आज आफूभन्दा सानालाई टीका जमरा लगाइदिएर दीर्घायुको आशीर्वाद दिदैं खुशियाली मनाउनुभएको छ ।त्यस्तै इटहरी उपमहानगरपालिका–१६ लबिपुरका ९९ वर्षीय भानुभक्त लम्सालले पनि घरमा आएका आफ्ना सन्तानसँगै आफूभन्दा कान्छो उमेरका आफन्तलाई बडादशैँको टीका जमरा लगाएर दीर्घायुको आशीर्वाद दिनुभयो ।उहाँले आफ्ना सन्तान, घर आएका आफन्त र सर्वसाधारण लगायत ८० जनाभन्दा बढीलाई टीका जमरा लगाएर आशीर्वाद दिनुभएको हो । परम्पराअनुसार सबै आफन्तलाई आफ्नो गक्षअनुसारको दक्षिणा र खाने परिकार खुवाएर उहाँले दशैँको खुशियाली मनाउनुभएको छ ।यसैगरी इटहरी–९ का ९० वर्षीय रुद्रप्रसाद प्याकुरेलले पनि आफ्नो छोरा–बुहारी नाति–नतिनालगायत सबै आफन्तलाई टीका लगाएर आशीर्वाद दिनुभएको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार १२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६