श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७.३७ बोनस शेयर र ३.१६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?