२६.३२ प्रतिशत लाभांश पारित गर्न समता लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा पुस १४ गते मंगलबार, होटल क्लासिक, सिमरा, बारामा हुने भएको छ ।

सभामा संस्थाको भाद्र ५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस ५ गतेदेखि पुस १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?