काठमाडौं । बेलायतमा कोरोना भ्याक्सीनलाई प्रयोग गर्न स्विकृति दिइएको छ ।
अमेरिकामा छिट्टै नै यसलाई ‘फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ (एफडीए) अप्रुभल मिल्न सक्नेछ ।
यसैबीच अमेरिकाका तीन राष्ट्रपतिले टिभी लाइभ इभेन्टमा भ्याक्सीन लगाउने बताएका छन् ।
यसको कारण आम मानिसमा भ्याक्सीनलाई लिएर रहेको डर भगाउनु रहेको छ ।
त्यस्तै प्रेसिडेन्ट इलेक्ट जो बाइडेन र भाइस प्रेसिडेन्ट कमला ह्यारिसले पनि भ्याक्सीनको अप्रुभल भएपछि आफूले लगाउने दाबी गरेका छन् ।
यसमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने चुपचाप बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया