कस्तो छ शुक्रवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । शुक्रवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा तोकेको छ ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ १९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०० पैसा निर्धारण गरेको छ ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ३७ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ३९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?