काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण परिक्षणका लागि काठमाडौं उपत्यकामा सुरु भएको एन्टिजिन टेष्ट दुई दिनमा नै रोकिएको छ ।
सोमबार र बुधबार दुई दिनमा १५ सय जनाको एन्टिजेन परीक्षण गरिएकोमा हाललाई एन्टिजिन परिक्षण रोकिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
पीसीआर गर्दा १५ प्रतिशत संक्रमण देखिएको बेला एन्टिजिनमा ८ प्रतिशत मात्र देखिएकाले के गर्ने भन्ने विषयमा छलफल भइरहेको कारण ‘एन्टिजिन टेष्ट’ रोकिएको महाशाखाको भनाई छ ।

३ हजार नमुना संकलन गर्ने भनिएतापनि १५ सय मात्र गर्न नमुना संकलन गरिएको र त्यसमा १ सयको हाराहारीमा पोजेटिभ रिपोर्ट आएको थियो ।
महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेका अनुसार राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् र स्थानीय तहहरुसँग मिलेर सोमबार कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको थियो भने बुधबार १०, १४ र १६ वडामा एन्टिजिन परीक्षण गरिएको थियो ।
‘५०० भन्दा बढी केस भएका स्थानलाई ‘हटस्पट’ मानिएको छ । त्यस्ता स्थानहरुमा संक्रमितको ‘कन्ट्याक्ट’ मा आएकाहरुको परीक्षण गर्ने योजना छ ।’ उनले भने ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५५१ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।
अहिलेसम्म नेपालमा १७ लाख ६३ हजार ९१९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५७६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया