२६ माघ २०७९, बिहीवार

अवरुद्ध सिद्धबाबा सडकखण्ड चौध घण्टापछि सञ्चालन

२०७४,आश्विन,१४,शनिवार १२:२८

0
Shares

 पाल्पा, १४ असोज – पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।शुक्रबार राति सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज दिउँसोबाट सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले जानकारी दिनुभयो ।सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र अवस्थामा रहेका थिए । सडक सञ्चालन भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् ।अहिले यहाँ गाडीको चाप बढ्दो छ । गएरातिदेखि अविरल वर्षाका कारण सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । ठूलो प्रयासपछि सडक सञ्चालनमा ल्याउन सकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार १२:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका–३ बस्ने ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेललाई मंगलबार प्रहरीले पक्राउ

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा

खोटाङ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४
वायु प्रदूषणको जोखिममा पोखरा
 २०७९,माघ,२६,बिहीवार १४:०१