गाँजालाई लागुऔषधको सूचिबाट हटाउने पक्षमा नेपालको मतदान

काठमाडौं – नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेको छ ।

राष्ट्रसंघको लागुऔषधसम्बन्धी एक कार्यक्रमकाबीच नेपालसहित तीन दर्जन मुलुकले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने मागसहित विभिन्न कोणबाट बहस भइरहेको छ ।

file photo

यस सम्बन्धमा केही सांसदले बहस नै चलाइरहेका छन् । हाल नेपालमा गाँजा उत्पादन, बिक्रि, वितरण, प्रयोग गर्नुलाई कानूनले बर्जित गरेको छ ।

केहि समयअघि कोरोना भाइरस कोभिड १९ विरुद्धको औषधि बनाउने क्रममा समेत गाँजाको पत्ताबाट बन्ने ड्रप्सबारे चर्चा भएका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?