संयुक्त राष्ट्रसंघको विशेष महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन : कोभिड-१९ विरुद्धको खोपबारे के भने ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ‘कोभिड – १९’ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् ।

‘कोभिड – १९’ लाई केन्द्रित गरेर राष्ट्रसंघले आयोजना गरेको विशेष महासभामा रेकर्ड गरेर पुर्‍याईएको भिडियोमार्फत् प्रधानमन्त्री ओलीले ‘कोभिड – १९’ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने र त्यसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्नेमा जोड दिएका हुन् ।

खोप उपलब्ध नभएसम्म विश्व कोरोना भाइरसको यो महामारीबाट सुरक्षित नहुने समेत उनले बताए ।

उनले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्‍याउन कोभ्याक्सले गरिरहेको पहलको पनि स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?