काठमाडौं । के तपाई विदेशी अनलाइनमा सामान अर्डर गरेर खरिद गर्न चाहनुहुन्छ ? तर भुक्तानीमा समस्या भइरहेको छ ? यदि यस्तो भइरहेको छ भने नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेसँगै यो समस्याबाट मुक्ति पाइने भएको छ ।
विदेशी अनलाइनबाट सामान खरिद गरी नेपालबाटै भुक्तानी गर्न मिल्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नयाँ व्यवस्था अनुसार अब नेपालबाट विदेशका जुनसुकै अनलाइनबाट सामान खरिद गरी नेपालबाटै विदेशी मुद्रामा भुक्तानी गर्न सकिने नीतिगत व्यवस्था गरिएको बताए ।
यस विषयमा कार्यविधि बनाइएपछि थप प्रष्ट हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया