रुसमा एकैदिनमा २८ हजारभन्दा बढी संक्रमित

मस्को । रुसमा कोरोनाभाइरसबाट एकैदिनमा थप २८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीवार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा २८ हजार १४५ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

यसअघि अघिल्लो दिन एकैदिनमा २५ हजार ३४५ जना संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या २३ लाख ७५ हजार ५४६ पुगेको छ ।

यसअघि गत नोभेम्बर २७ तारिखमा एकैदिन २७ हजार ५४३ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए । “पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या २८ हजार १४५ थपिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् ।

थपिएका संक्रमितहरु मध्ये सात हजार ७५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै थपिएको पनि अधिकारीहरुले जनाएका छन् । यस अवधिमा रुसमा थप ५५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन यो भन्दा धेरै ५८९ जनाको मृत्यु भएको थियो ।

कोरोना भाइरस विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजार ६०७ जनाको मृत्यु भइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?