प्रदेश नं १ मा २८७ संक्रमित

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना संक्रमित थपिएका छन् ।

सो अवधिमा गरिएको एक हजार ४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १२२ मध्ये विराटनगरमा ६१, झापामा ६१, सुनसरीमा ४८, सङ्खुवासभामा १५, इलाममा चार, पाँचथर र उदयपुरमा तीन÷तीन, भोजपुरमा दुई, ताप्लेजुङ, खोटाङ र धनकुटामा एक÷एक तथा प्रदेश बाहिरका २६ जना रहेका छन् । प्रदेशमा संक्रमितको संख्या २७ हजार ८२० पुगेको छ ।

दश जनालाई निको भएका छन् भने हालसम्म निको हुनेको संख्या २२ हजार ४३७ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ९४ हजार १६७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिसकिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?