७७ वटै जिल्लामा पैतालाका डोब छाडेका शरदको ‘मेरो दृश्यमा नेपाल’ सार्वजनिक

काठमाडौं । १५ महिनामा नेपालको ७७ वटै जिल्ला भ्रमण गरेर आफ्नो पहिचान बनाएका युवा शरद कोइरालाले आफ्नो अनुभवमा आधारित पुस्तक मेरो दृश्यमा नेपाल सार्वजनिक गरेका छन् ।

लकडाउनको खालि समयलाई सदुपयोग गर्दै आफूले भ्रमणका अनुभवहरुलाई समेटेर पुस्तक निकालेको कोइरालाले बताए ।

उनले नेपाल भ्रमणपश्चात विश्व साइकल यात्रा शुरु गरेको तर कोरोना महामारीको कारण यात्रा रोकिएको उनले बताए ।

No description available.

‘मैले मिति २०७४ र ५ र २० गते देखि शुरु गरी १५ महिना लगाएर नेपाल ७७ जिल्ला पैदल भ्रमण गरेको थिएँ । यो कुरा यहाँहरुलाई थाहा नै छ । नेपाल भ्रमणपश्चात मैले विश्व साईकल यात्रा शुरु गरेँ । तर कोरोना महामारीको कारण विश्व यात्रा रोकियो । लकडाउन पनि भयो । यही समयलाई सदुपयोग गर्ने हिसाबले मैले मेरो नेपाल यात्राका अनुभवलाई समेटेर एक किताब निकालेको छु  मेरो दृश्यमा नेपाल ।’ उनले भने ।

सबै नेपालीको साथ सहयोगका कारण आफूले यात्रा सहज भएकोले नै आफ्नो यात्रा संभव भएको उनले बताए ।

आफ्नो घुमाइको अनुभवलाई समेटिएको पुस्तक पढेर प्रतिकृया दिन समेत कोइरालाले आग्रह गरेका छन् ।

यो पनि
७७ वटै जिल्लामा पैतालाका डोब छाडेका २० वर्षे यात्री शरद भन्छन्, ‘नालाको पानीले तिर्खा मेटाएँ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?