काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५५१ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । अहिलेसम्म नेपालमा १७ लाख ६३ हजार ९१९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५७६ रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?